धनकुटाको सिधुवादेखि तेह्रथुमको ओख्रे जोड्ने सडक ३० वर्षपछि कालोपत्रे हुँदै

तेह्रथुम । धनकुटाको सिधुवादेखि शुक्रबारे हुँदै तेह्रथुमको ओख्रे जोड्ने सडक ३० वर्षपछि कालोपत्रे गर्न सुरू गरिएको छ ।

कोशी राजमार्गसँग जोडिएको १६ किलोमिटर लामो सडक कालोपत्रे भएपछि स्थानीयवासीले ३ दशकदेखि खेप्दै आएको हिलो र धुलोको सास्तीबाट पार पाउने भएका हुन् । कच्ची सडकका कारण गाउँमा उत्पादित दूध, तरकारी तथा फलफूल बजारसम्म पुर्याउन पनि मुश्किल हुँदै आएको थियो ।

८२ करोड रुपैयाको लागतमा कालोपत्रेको काम भइरहेकोमा ८० प्रतिशत काम पूरा भएको निर्माण कम्पनीले जनाएको छ । सडक कालोपत्रे हुँदा स्थानीयको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षमा परिवर्तन आउने छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो । छिमेकी जिल्ला धनकुटा र पाँचथरका वासीन्दालाई पनि धेरै नै सहज हुने भएको छ ।

कोशी राजमार्गसँगै जोडिएको सिधुवा सुक्रबारे ओख्रे सडक कालोपत्रे हुने भएपछि अवस्था फेरिएको छ । २०७६ साल मंसिर ९ गते प्रदेश-१ का पूर्वमुख्यमन्त्री शेरधन राईले शिलान्यस गर्नुभएकाे थियाे । ओएसिस इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिले सडक निमार्णको काम गर्दै आएको छ । सडक कालोपत्रे भएसँगै यसक्षेत्रका र छिमेकी जिल्लाका नागरिकहरुलाई सहज भएको स्थानीय उमेश पोख्रेलले बताउनुभयो ।

सिधुवा सुक्रबारे ९ किलोमिटर सेमिग्राउडिङको काम सकिएसँगै प्रिमिक्सको काम सुरु गरिएको छ । सुक्रबारे ओख्रे खण्डमा बेशको काम भइरहेकाले आगामी साढे २ महिनमा काम सम्पन्न गर्ने तयारी भइरहेको कम्पनीका इन्जिनियर मिनराज तामाङको भनाइ छ । दैनिक ४ वटा बसका साथै साना तथा ठूला सवारी साधानहरु सञ्चालन हुँदै आएका छन् । सडक कालोपत्रे भएसँगै यसक्षेत्रका नागरिकहरुको जीवनमा आमूल परिर्वतनका साथै आर्थिक, सामाजिक र साँस्कृतिक पक्षमा ठोस योगदान पुर्याउने छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो।

सडक निमार्णसँगै सिधुवा सुक्रबारे घण्टौं लगाएर यात्रा गर्दै आएका नागरिकहरुलाई १५ मिनेटमा नै यात्रा गर्न थालेका छन् । जिल्लाको छथर गाउँपालिकाका १६ हजार नागरिकका साथै छिमेकी जिल्ला धनकुटा र पाँचथरका नागरिकहरु लाभान्वित हुने भएका छन् । सवारी साधान सञ्चालन र स्थानीस्तरमा उत्पादन भएका कृषिजन्य दुग्ध पदार्थ ढुवानीमा सहज हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार