संसद्मा उठेका विषय सरकारले नसुनेको भन्दै सुन्य समयमा सांसद्ले गरे मौनधारण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शुन्य समयमा मौनधारण गरेका छन्। सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उनले सो समय मौनधारण गरेर व्यक्त गरेका हुन्। उनले भने, ‘सम्माननीय सभामुख महोदय,… यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौन धारण गरेँ। धन्यवाद’

प्रतिनिधिसभा नियमावली अनुसार शुन्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । सोही समयमा बोल्न उभिएका सांसद ढकालले भने ‘सम्माननीय सभामुख महोदय,…’भनेर मौन बस्नु भया । र, पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौनधारण गरेँ’ भनेर आफ्नो भनाई अन्त्य गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार