नियमित खोपबाट वञ्चित बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौं । आज पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई खोप लगाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख १५ गते नियमित खोप दिइएको थियो । तर छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको हो ।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदै छ ।

मन्त्रालयले आज पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार