१६ औँ गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपति, प्रधानमन्त्री लगायतबाट शुभकामना व्यक्त

काठमाडौं। नेपालमा गणतन्त्र स्थापना भएको १६ वर्ष पुगेको छ । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनको सम्झनामा आज १६ औँ गणतन्त्र दिवस मनाइँदैछ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।

हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिइएको छ ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले शुभकामना दिएका छन् । गणतन्त्र दिवसको दिनको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार