मार्सी धानमा नयाँ प्रविधि

ब्लास्ट रोगले संकटमा परेको जुम्ली मार्सी धानलाई रोग प्रतिरोधात्मक बनाउन दक्षिण एसियामै पहिलो पटक नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ । नार्क, वोङ्गर विश्वविद्यालय र जिमोन टेक्नोलोजी कम्पनी एलजीसीले संयुक्त रूपमा कास्प प्रविधि प्रयोगमा ल्याएका हुन् ।

विराटनगर — जुम्लाको छुमचौर मार्सी धान लगाइने संसारको सबैभन्दा उच्च स्थान हो । जुम्लाको चिसो हावापानीकै कारण त्यहाँको मार्सी एकदमै स्वादिलो, पौष्टिकतत्त्वले भरिपूर्ण र आडिलो हुन्छ । केही रातो रङको मार्सीमा अन्य भिटामिन पाइन्छ । जसका कारण यो धानको मूल्य नै किलोको सय रुपैयाँ पर्छ ।

यही मार्सी धान पछिल्लो समय ब्लास्ट रोगले संकटमा पर्न थालेपछि जुम्लावासीलाई चिन्ताले पिरोल्न थालेको थियो । तर अब भने उनीहरूको चिन्ता हट्ने देखिएको छ । कारण, जुम्ली मार्सी धानलाई रोग प्रतिरोधात्मक बनाउन दक्षिण एसियामै पहिलो पटक नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), बेलायतस्थित वोङ्गर विश्वविद्यालय र जिमोन टेक्नोलोजीसम्बन्धी कम्पनी एलजीसीले संयुक्त रूपमा नयाँ प्रविधि प्रयोगमा ल्याएका हुन् । कृषि अनुसन्धान कार्यालय जुम्लाका प्रमुख तथा वरिष्ठ वैज्ञानिक रेशमबाबु अम्गाईंले मार्सी धानलाई रोगप्रतिरोधी बनाउने अध्ययनका लागि कास्प प्रविधिको प्रयोग गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार