धादिङ गल्छीका दुई जना पाँच किलो चरेशसहित पक्राउ

प्रहरीले पाँच किलो लागुऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–५ का ३१ वर्षीय गोविद्र तामाङ र सोही ठाउँका २७ वर्षीय मुस्कान लामा रहेका छन्। उनीहरुलाई प्रहरीले शनिबार दिउँसो २ बजेतिर काठमाडौंको कालधाराबाट पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले सात थान एटीएम कार्ड, नेपाली ९ हजार रुपैयाँ र ४ बाग्मति प्रदेश ०२-०२३ प ९४८१ नं. को २२० सीसीको पल्सर मोटरसाइकल पनि बरामद गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार