सरकार र आन्दोलित यातायात मजदुरहरूबीच सिंहदरबारमा अहिले वार्ता जारी रहेकाे छ ।
अहिले सरकारले सिंहदरबारमा ट्राफिक जरिवाना बढाइएको लगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग वार्ता गरिरहेकाे छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता भएको हाे। साेही वार्ता ट्राफिक जरिवाना र आन्दोलन फिर्ता गर्ने विषयमा केन्द्रित हुने छ ।
विभिन्न माग राखेका यातायात मजुदुरले सोमबारदेखि आन्दोलन सुरु गरेका थिए । उनीहरू पहिलो दिनमै आगजनी र तोडफोड समेत गरेका थिए । यातायात मजदुरले मंगलबार पनि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।
सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका कारण काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ ।