उडेर हिड्नेलाई के थाहा गुडेर हिड्नेको पीडाः सांसद शिव नेपाली

प्रतिनिधि सभाका सांसद शिव नेपालीले पोखरा–मुग्लिङ सडक खण्ड चक्लाउने र स्तरोन्नती गर्ने काम दु्रतगतिमा सक्न सरकारसँग माग गरेका छन्।

उनले शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै भने, ‘यात्रा गर्नु छ पोखराबाट मुग्लिङसम्म उडेर हिड्नेलाई के थाहा गुडेर हिड्नेको पिडा?’ सांसद नेपालीले उक्त खण्डको सडक चक्लाउने र स्तरोन्नती गर्ने काम अति सुस्त गतिमा भइरहेको उल्लेख गर्दै आक्रोश पोखेका थिए।

‘सुस्त गतिमा काम भइरहँदा यात्रु र यसक्षेत्रका स्थानिय जनताको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ। हजारौं जनता श्वासप्रश्वासका विरामी बढिरहेका छन। यो सडकमा घण्टौसम्म जाम भइरहन्छ’, उनले भने। सांसद नेपालीले सुस्त गतिमा बनिरहेको सडकको प्रदुषणले गर्दा आबु खैरेनी, दमौती, जामुने, दुलेगौंडा लगायतका क्षेत्रका व्यवसायी र यस सडकमा खण्डमा यातायात संचालन गर्दै आएका व्यवसायी समेत मारमा परेको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार