हात्तिको सुँड काट्नेलाई तत्काल कारवाही गर्न सांसद विराज भक्तको माग

प्रतिनिधि सभाका सांसद विराज भक्त श्रेष्ठले चितवन राष्ट्रिय निकुञ्जको चञ्चलकली हात्तिको सुँड काटने व्यक्तिलाई कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यसलाई मानवता विरोधी अपराधको संज्ञा दिदै पर्यटन र गृहमन्त्रालयसहित सरकारको ध्यानाकर्षण गराएका छन्।

श्रेष्ठले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा २६ को उपदफा १ अनुसार कारवाही गर्न माग गरेका छन्।

‘गत २१ गते मंगलबार मध्यराती चञ्चलकली हात्तिको सूँड धारिलो हतियारले काटेर दुई टुक्रा पारिएको छ। यसको दोषीलाई तत्काल कारवाही गर्न माग राख्दछु’, उनले भने।

सांसद श्रेष्ठले भने, ‘हामी मुल्य सबै कुराको बुझ्छौं। महत्व केही पनि बुझ्दैनौ। विश्वमा हिंसारहित पर्यटन चलिरहेको छ। नेपालमा सुँड काटिएको हात्ती हेर्न कोही आउदैन।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार