रास्वपाका नेता श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न दुर्गा प्रसाइसंग २ करोड मागेको अडियो सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग घुस मागेको अडियो सार्वजनिक भएको छ।

अडियोमा श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार पहिलोपटक विस्तार हुँदा मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको बताएका छन्।

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको प्रसाईंलाई सुनाएका छन्। त्यस्तै उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन्।

अडियोमा श्रेष्ठले भनेका छन्,’बाहिर त महामन्त्री नै हो। अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई तीन जना चाहि छुट्टै हुनुहुन्छ। पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षण देखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन् फेरि। दुई/साढे दुई भनेका छन् अब मैले अहिले एक दिएँ भनेपनि मान्छन्।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार