त्रिवीमा सामाजिक कार्य अध्ययनरत विद्यार्थीद्वारा धादिङमा सचेतनामूलक कार्यक्रम सञ्चालन

काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सामाजिक कार्य विभागको सातौँ ब्याचमा अध्ययनरत मानसिक स्वास्थ्य समूहका विद्यार्थीहरुले धादिङ जिल्लाका विभिन्न ठाउँहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् । आफ्नो प्रयोगात्मक परिक्षाका लागि केही सातालाई धादिङ जिल्लामा स्थलगत अवलोकनका लागि आएका उनीहरुले नीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका हुन् ।

मानसिक स्वास्थ्य लिएर अध्ययन गरिरहेका उनीहरुले समुदायमा भएका अनेकौँ सामाजिक समस्याहरुले कसरी मानसिक स्वास्थ्यमा असर गर्दछ भन्ने कुरालाई मुख्य प्राथमिकतामा राखेका छन् । नगरपालिका र वडा कार्यालयका जनप्रतिनिधीहरुसँगको समन्वयमा घर घर गएर सर्वेक्षण गरी पहिचान भएका केही सामाजिक समस्याहरुमा केन्द्रित रही सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

परम्परागत संकृती र जातीय व्यवस्थाका कारण अझै पनि हुने गरेको बाल विवाह र त्यसका कारण शारिरिक स्वास्थ्यमा मात्र नभएर मानसिक स्वास्थ्यमा पर्ने असरहरुको बारेमा नाटक देखाई समुदायका व्यक्तीहरुलाई सचेत गराइएको छ । यसका साथै, अत्याधिक मदिरा सेवनले पारिवारिक वातावरण र सन्तानको स्वास्थ्य तथा भविष्यमा कस्तो असर पार्छ भन्ने कुरा समेत कार्यक्रममार्फत सचेत गराइएको थियो ।

कुमाल बस्ती र जनजाती समुहको बाहुल्यता रहेको निलकण्ठ नगरपालिकाका केही वडाहरुमा आजको समयमा पनि बालबालिकाहरु शिक्षाबाट टाढा हुन चाहान्छन् भन्ने थाहा भएपछि अभिभावक एवमं बालबालिकाहरुलाई समावेश गरी शिक्षाको महत्व समेत दर्शाइएको थियो ।

विभिन्न सचेतनामूलक कार्यक्रम अन्तर्गत त्रिवीका विद्यार्थीहरुले नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित रामकोट माध्यमिक विद्यालयका माध्यमिक तहका विद्यार्थीहरुलाई हेरेसमेन्ट र बुलिङ सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा सहभागी भएका विद्याथीहरुलाई दुव्र्यवहारबाट कसरी बच्न सकिन्छ भनेर पनि सिकाइएको थियो ।

यस्तै, नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपती माध्यमिक विद्यालयमा नयाँ बस्ती, कुमाल बस्ती लगायतका समुदायका व्यक्तीहरुलाई सहभागी गराई बाल विवाहका कारण मानसिक स्वास्थ्यमा पर्ने असर सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा उमेर नपुगी बाल विवाह गरेपछि महिलाको पाठेघरमा पर्ने शारिरिक समस्यादेखि मानसिक रुपमा परिवार कसरी बीचलन हुन्छन् भन्ने कुरा समावेश गरी नाटक देखाइएको थियो । नाटकमार्फत अत्याधिक मदिरा सेवनका कारण सन्तानमा पर्ने मानसिक तनावको दृश्य र शिक्षामा पर्ने असर पनि देखाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार