मनसुन बाहिरिन अझै केही दिन लाग्ने

नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि वर्षा गराउने प्रणाली ९न्यूनचापीय क्षेत्र० को विकास भएकाले अबको केही दिन बदली र वर्षाको सम्भावना रहेको बताए।

‘भारतको पश्चिमी भू–भागबाट मनसुन बर्हिगमनको प्रक्रिया सुरु भइसकेको छ। तर, अहिले बङ्गालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको र त्यो अझै शक्तिशाली हुँदै उत्तर–पश्चिमतिर सर्ने क्रममा रहेकाले नेपालबाट मनसुन बाहिरिन समय लाग्ने देखिन्छ’, उनले भने।

मौसमविद् अधिकारीका अनुसार अहिले देशको पूर्वी क्षेत्रबाट न्यूनचापीय क्षेत्रको विकास भइरहेकाले अबको दुईरचार दिन देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उनले भने, ‘पूर्वमा विकसित न्यूनचापीय प्रणाली देशको पश्चिम र सुदूरपश्चिमसम्म प्रभाव नरहन सक्छ। पूर्वी र मध्य भेगमा धेरै पानी पर्ने सम्भावना देखिन्छ।’

यो वर्ष दसैं ढिलो भएकाले पनि किसान बाली भित्र्याउने तरखरमा छन्। यो बेला मनसुनको प्रभाव बढी कृषि र यातायात क्षेत्रमा पर्नसक्ने भएकाले सम्बन्धित निकायलाई सतर्कता गराउन अनुरोध गरिएको महाशाखाले जनाएको छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। देशको पूर्वी भेगभएर मनसुन देशभर फैलिन्छ। यस्तै मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् यो वर्ष असोज १५ गते भए पनि मनसुन ढिलोगरी बाहिरिने अनुमान गरिएको छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार