• सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

    काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । यसअघि चैत ५ गतेको आफ्नै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । गत चैत ५ गते छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो । अघिल्लो दिनको मूल्यमा आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । स्तै आज तेजाबी...

  • बजेट निर्माणको नयाँ कार्यतालिका

    काठमाडौं । सरकार फेरबदल तथा अर्थमन्त्री नै नहुँदा अलमलमा परेको बजेट निर्माण प्रक्रियालाई गति दिन अर्थ मन्त्रालयले समय तालिकासहितको योजना बनाएको छ । आव २०८०/८१ को बजेट निर्माणका कतिपय प्रक्रियामा ढिलाइ भएकाले मन्त्रालयले नयाँ कार्यतालिका बनाएको हो । नयाँ कार्यतालिकाअनुसार आगामी वैशाख १० गतेसम्म राष्ट्रिय योजना आयो...

  • सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

    काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति भएको छ । शनिबार मिटरब्याज विरूद्दको संघर्ष समिति नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजीबीच पाँच बुँदे सहमति भएको हो । सहमतिसँगै मिटरब्याजविरुद्धको संघर्ष समितिले गरिरहेको आन्दोलन पनि फिर्ता भएको छ । सहमति अनुसार मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको भद...

  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९)” पेस गर्ने कार्यसूची छ । त्यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभ...

  • अर्थ मन्त्रालयले तय ग-यो बजेट निर्माणको कार्यतालिका

    काठमाडौं । अर्थ मन्त्रालय अहिले नेतृत्वविहीन छ । यही बेला अर्थतन्त्रमा समस्या आएको भनेर सरकारमाथि चौतर्फी दबाब छ । ब्याजदर उच्च छ । बजार चलायमान छैन । सरकारको राजस्व आम्दानी खुम्चिएको छ । अर्थमन्त्री नहुँदा अर्थतन्त्रमा देखिएका यस्ता समस्याको समाधानको पहलकदमी हुन सकिरहेको छैन । यही बेला आगामी आर्थिक वर्षको बजेट ल्याउने...

  • बैंकिङ क्षेत्रमाथिको आक्रमण नरोके वैदेशिक लगानी बन्द हुने आशंका

    काठमाडौं । बैंक तथा वित्तीय संस्थामाथि अहिले भइरहेको आक्रमण नरोके वैदेशिक लगानी बन्द हुनसक्ने भन्दै बैंकर्स संघले चिन्ता व्यक्त गरेको छ । बिहीबार पत्रकारहरुसँगको नियमित भेटघाटमा संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले अहिले भइरहेको अराजक गतिविधिले नेपालको छवि बिग्रिने र वैदेशिक लगानी बन्द ह...

  • ८ प्रतिशत नेपाली विदेशमा

    काठमाडौं । विदेशमा बस्ने नेपालीको संख्या कुल जनसंख्याको आठ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार विदेशमा बस्ने नेपालीको संख्या कुल जनसंख्याको आठ प्रतिशत अर्थात् २१ लाख ९० हजार पाँच सय ९२ जना छन् । जनगणनाअनुसार देशका १५ लाख ५५ हजार नौ सय ६१ वटा परिवारहरुबाट २१ लाख ९० हजार पाँच सय ९२ जना परिवारमा अनुपस्थित रह...

  • प्रधानमन्त्रीद्वारा एसइईमा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत सन्देश दिदै एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बद्ध सबैलाई आग्रह गरेका छन् । उनले सन्देशमा भन...

  • राष्ट्रपति पौडेल आज गोरखा दरबार जाँदै

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदै छन् । राष्ट्रपति पौडेल विहान साढे ९ बजे गोरखा दरबार जाने लागेको उनको सचिवालयका एक कर्मचारीले बताएका छन् । फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि पहिलो पकट उनी त्यहाँ अवलोकन गर्न जान लागेका हुन् । उनले यसअघि वसन्तपुरस्थित कुमारीको दर्शन अवलोकन गरेका थिए ।...

  • मन्त्रालय भागबन्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेका थिए । बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । ...